कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्र दशैंमा पनि २४ सै घण्टा खुल्ने

राष्ट्रिय आविष्कार केन्द्र दशैंमा पनि २४ सै घण्टा खुल्ने

दशैंको समयमा पनि राष्ट्रिय आविष्कार केन्द्र २४ सै घण्टा खुल्ने भएको छ । अन्य समयमा पनि २४ सै घण्टा खुल्ला हुने आविष्कार केन्द्र दशैंको समयमा पनि २४ सै घण्टा खुल्ने भएको हो ।

दशैंको समयमा कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीहरुको आवश्यक पर्ने पीपीई, फेस शिल्ड, पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर सामानहरु उपलब्ध हुनेछन् ।

त्यस्तै आइसोलेसन हुड, आइसोलेसन च्याम्बर र कोरोनाको बिरामीले सास फर्ने गार्‍हो भएमा प्रयोग गरिने सीपीएपी मसिन तथा बीआईपीएपी मसिनहरु पनि उपलब्ध हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

सीपीएपी मसिन तथा बीआईपीएपी मसिनहरु १८ ओटा मात्रै बाँकी रहेको महावीर पुनले जनाएका छन् । आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य, कृर्षि, प्रविधि लगायतका अन्य विविध क्षेत्रमा अनुसन्धानको काम गरिरहेको छ ।