कीवर्डहरू -

स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर

स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर

दुर संचार सेवा प्रदायक कम्पनि स्मार्ट टेलिकमले ललितपुरको कुमारीपार्टी स्थित लब बिल्डिंङमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।कम्पनिले  उपभोक्तालाइ उत्कृष्ट सेवा दिन  तथा उपभोक्तामा आउने समस्या समाधान गर्ने जस्ता सेवा प्रदान गर्नका  लागि उक्त सेन्टर स्थापना गरेको हो ।

स्मार्ट टेलिकमले  प्रयोगकर्ताहरुलाई  स्मार्टसँग सम्बन्धित सम्पूर्ण सेवा तथा सुबिधाहरु प्रधान गर्ने उद्देश्यले उक्त सेन्टरको स्थापना गरेको जनाएको छ । कम्पनिका अनुसार  सो सेन्टर मार्फत स्मार्टका ग्राहकहरुले सेवा प्रयोगका क्रममा आउने समस्याको समाधान गर्न सक्नेछन् । त्यस्तै स्मार्टले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने सेवा तथा सुबिधाहरुका बारेमा कुनै पनि  जिज्ञासा भएमा त्यसको पनि समाधान स्मार्ट सेन्टरबाट हुने बताएको छ  ।

स्मार्ट टेलिकमको उक्त स्मार्ट सेन्टरको उद्घाटन स्मार्टका अध्यक्ष सर्बेश जोशीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै जोशीले आफ्ना ग्राहकका लागि अन्य थुप्रै सेवा तथा सुबिधाहरु ल्याउने प्रतिबद्धता गरेका थिए । साथै अब चाँडैनै पुतलीसडक तथा भक्तपुर लगायतका क्षेत्रमा पनि स्मार्ट सेन्टरको स्थापना गरिने पनि जानकारी दिए ।

केहि समय अघि मात्रै स्मार्ट टेलिकमले आफ्ना उपभोक्ताहरुका लागि  फोरजी सेवा संचालंमा ल्याएको थियो ।त्यस्तै ग्राहकहरुका लागि भाइबर तथा व्हाट्सएप जस्ता एपहरुबाट केहि महिनाको लागि फ्री भ्वाइस कल पनि प्रदान गरेको थियो ।हाल नेपालमा स्मार्ट टेलिकमका जम्मा १.५ मिलियन उपभोक्ताहरु रहेका छन् । स्मार्ट टेलिकम नेपालमा स्मार्टफोनका लागि हाइस्पिड  इन्टरनेट प्रदान गर्ने टेलिकम अपरेटरहरु मध्येमा नेपाल टेलिकम तथा एनसेल पछाडी तेस्रो स्थानमा पर्दछ ।