मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको छ ।
जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र १.२८ रुपैयाँमा कुरा गर्न सक्नेछन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २.५४ रुपैयाँ प्रति मिनेट शुल्क लाग्छ ।
यसका साथै एनसेलले यही योजना अन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ ।
इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र ६४ रुपैयाँ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् ।
अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान २.५४ रुपैयाँ प्रति मिनेट शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।
इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् । ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र ९५.७७ रुपैयाँमा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम) प्राप्त गर्दछन् ।
त्यस्तै गाहकले मात्र १९१.५४ रुपैयाँमा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१.७९ रुपैयाँमा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् ।
प्रिपेड ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।
आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
आफ्नो थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ ।
‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।