कीवर्डहरू -

सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत् डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत् डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दसैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी ५०० रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ । महान चाड दसैंलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।