कीवर्डहरू -

सामसङले हाई ईण्ड फोनहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने 

सामसङले हाई ईण्ड फोनहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने 

सामसङले अब आफ्नो नयाँ मोडेलहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने भएको छ । एप्पलले आइओएस १३ मा स्पाम कललाई ब्लक गर्न सक्ने फिचर निकालेको थियो ।

अब यही फिचर सामसङ प्रयोगकर्ताले पनि पाउन सक्छन् । यो फिचर भने ग्यालेक्सी नोट २० सिरिज बाट सुरु हुने छ ।

हायाद्वारा सञ्चालित डाईलरको प्रयोग गरेर सामसङले स्पाम र फ्रड कललाई पहिले देखि नै थाहापाउन दिन्छ । अब भने वान यूआई २.५ सफ्टवेयर प्रयोग गरिएको सबै डिभाइसमा सामसङले ब्लक गर्ने फिचर दिने छ ।

अहिले भने नोट २० सिरिज र जेड फोल्ड २ सिरिजमा मात्रै यूआई २.५ पहिले देखिनै इन्स्टल गरिएको छ । ग्यालेक्सी एस २० देखि ग्यालेक्सी एस ९ सिरिज र ग्यालेक्सी १० सिरिजमा भने यो फिचर पछि दिइने भएको छ ।

केही ए सिरिज जस्तो ए ७१ र ए ५१ को लागी पनि यो फिचर ल्याउने सामसङको योजना रहेको छ । उपभोक्ताले यी कलहरुलाई केही पनि गर्नुपर्दैन र हायाको प्रविधिलेनै सबै काम गर्ने गर्दछ । यसले उपभोक्ताहरुलाई सहज बनाउने बताइएको छ ।

एजेन्सीको सहयोगमा