कीवर्डहरू -

आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक

आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक

ओपोले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रम मार्फत ओपोले ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओपो वाच्स आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिज लगायतका साथमा आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओपोको आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिबिम्बित गरेको छ ।

मानव स्पर्शका साथमा ओपोले विभिन्न अवस्थामा उपयोगी पृथक उपकरणका साथमा स्मार्ट अनुभव पस्कने अथक प्रयास गरिरहेको छ । यस कार्यमा सफलताका लागि स्मार्टफोन्स, टीभी, ईयरफोन्स र वाचेज लगायत कोर इन्ट्रि लेभल उपकरणहरुमा निरन्तर नवप्रबर्तन पस्किरहेको छ ।

ओपोले अत्याधुनिक प्रविधिलाई मनमोहक डिजाइनका साथमा उपलब्ध गराउँदै उपभोक्तालाई बौद्धिक तथा रमनिय जीवन ब्यतित गर्न सघाउने जनाइएको छ ।

ओपो एन्को एक्स ट्रु

ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स सार्वजनिक गर्नका लागि अग्रणी वैश्विक हाई फाई ब्राण्ड डाइनअडियोसँग सहकार्य गरेको छ ।

ईयरफोन्स ट्युनिङ डाइनअडियो ए एसका चिफ इकोस्टिक विशेषज्ञ ड्यानियल ईमोन्ट्सले गरेका हुन् । उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका इकोस्टिक डिजाइनर हुन् ।

एक्सक्लुजिभ डीबीईई ३.० इकोस्टिक प्रणालीद्वारा सञ्चारित तथा नवप्रबर्तनात्मक इकोस्टिक स्ट्रक्चरल डिजाइन सुसज्जित, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्सले उच्च गुणस्तरिय आवाज प्रस्तुत गर्नुका साथै सन्तुलित र प्राकृतिक ध्वनि प्रेशित गर्ने क्षमता राख्छ ।

साथै, यसमा रहेको न्वाइज क्यान्सलिङ फङ्सनले हरेक किसिमका सिनेरियोमा काम गर्नुका साथै एएनसी डुअल एक्टिभ न्वाइज क्यान्सलेशन, मल्टि लेभल न्वाइज रिडक्शन म्यानेजमेन्ट र ट्रान्सपेरेन्सि मोडमा हुँदा प्राकृतिक संचार सुविधापनि उपलब्ध गराउँछ । यी ईयरफोन्सले ट्रिपल माइक्रोफोन कल न्वाइज क्यासलेसन र वायरलेस चार्जिङपनि सपोर्ट गर्छ ।

ओपोद्वारा सार्वजनिक गरिएका आईओटी उत्पादनहरु

आयोजित कार्यक्रम मार्फत ओपोले टीभीका दूई सिरिज, ओपो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडलमा सार्वजनिक गरेको छ । ६५ ईन्चको ओपो टीभी एसवानमा फोरके क्यूलेड रिसोलुशन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ ।

यसमा रहेको १२० प्रतिशत अल्ट्रा वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स, सहज र स्मूथ कलर ट्रान्जिशनमा सघाउँछ । यसमा रहेको १२० हर्ज रिफ्रेश रेट र भेरिएबल रिफ्रेश रेट (भीआरआर) ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउन सघाउँछ ।

टीभीको इकोस्टिक परफरमेन्सको कुरा गर्दा ओपोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियो सँग सहकार्य गरेको छ ।

ओपो टीभी एसवानमा ८५ वाट सम्म उर्जा दिने र ५.१.२ च्यानल्स र डल्बी एट्मस  सपोर्ट गर्ने अठार स्टेरियो सराउण्ड साउन्ड स्पिकर्स जडित छ ।

ओपो टीभी आरवान ५५ ईन्च र ६५ ईन्च मोडल्समा क्वाड कोर प्रोसेसर र हाई स्पिड वाईफाई सिक्सका साथमा उपलब्ध छ । ‘ईन्स्ट्यान्टअन’ फिचर सुसज्जित यी टीभीले प्रयोगकर्तालाई लिभिङ रुमको नयाँ अनुभव प्रदान गर्छ ।

साथै, ओपोले आफ्नो पहिलो राउण्ड डाइल स्मार्टवाच ओपो वाच आरएक्स र परिस्कृत कलरओएस वाच १.५ नयाँ डाइल्स, स्पोर्ट्स मोड्स र प्रयोगकर्ता अनुभवमा थप सुधारका लागि विभिन्न एप्सका साथमा सार्वजनिक गरेको छ ।

चीनमा लिग अफ लेजेन्ड्स संग सहकार्य गर्दै ओपो वाच लिग अफ लेजेन्ड्स लिमिटेड इडिशन, ओपो वाच आरएक्स लिग अफ लेजेन्ड्स लिमिटेड एडिशन र ओपो फाइन्ड एक्सटू लिग अफ लेजेन्ड्स ईस्पोर्ट्सः वाल्र्ड्स २०२० एडिशन गरी तीन नयाँ कस्टम उत्पादन उपलब्ध गराएको छ ।

‘हामी हाम्रो ईन्टरनेट एक्स्पेरियन्स स्टेटिजी नयाँ ओपो ईकोसिस्टम अन्तर्गत नयाँ रणनैतिक गोलको घोषणा गर्दछौँ,’ चाइनिज मेनल्याण्डका अध्यक्ष बबी लिउले भने, ‘यसको अर्थ अब भविस्यमा सार्वजनिक हुने ओपोका उत्पादनहरु हाम्रो नयाँ कनेक्टेड ईकोसिस्टमका अंग हुनेछन् । यसको उद्देश्य चिन्ता रहित, उपभोक्ताका लागि सुन्दर स्मार्ट लाईफ हुनेछ ।’

कनेक्टेड फ्यूचर तिर  ओपो

विश्वभर फाइभजी र एआई प्रविधिको बिस्तारसंगै, ओपो ईन्टरनेट अफ थिंग्सको यूग तिर तिब्र गतिमा अग्रसर भइरहेको छ ।

यस यूगमा विभिन्न उपकरण विचको अन्तरक्रियाको माग ब्यापकरुपमा बढी रहेको छ । विश्वकै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओपोको परिचय अब स्मार्टफोन निर्माताका रुपमा मात्र सिमित छैन । कम्पनीले आफ्नो दिर्घकालिन योजनालाई नयाँ आईओटी ईकोसिस्टम निर्माणमा केन्द्रित गरिसकेको छ ।

भविस्यमा ओपोले आफ्नो ध्यान ब्यक्तिगत मनोरञ्जन, होम अप्लायन्सेस र फर्निसिङ र खेल तथा स्वास्थ्य गरी विशेषतः तीन प्रमुख प्रयोग सिनेरियोमा केन्द्रित गर्नेछ । यसैमा आधारित भई ओपोले भविष्यमा आफ्ना आईओटी लाइनअपको विस्तार गर्नेछ ।

ओपोले आफ्नो आईओटी नीतिको घोषणा पहिलो पटक ओपो ईन्नो डे २०१९ मा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो ध्यान आफ्ना प्रमुख ईन्ट्रि लेभल उत्पादनमा केन्द्रित गर्दै खुल्ला आईओटी ईकोसिस्टम स्थापना गर्ने तिर अग्रसर हुने जानकारी दिएको थियो ।

नयाँ घोषणा संगै ओपो, ईन्टिग्रेटेड एप्लिकेशन सिनेरियो निर्माण गर्दै, स्मार्ट अनुभवमा सुधार दिँदै तथा आफ्ना पार्टनर्ससंग सहकार्य गर्दै प्रभावकारी ईकोसिस्टम निर्माणको कार्यमा थप एक कदम अगाडी बढेको छ ।

उपभोक्तालाई त्रुटिरहित, मानव स्पर्श सहितको शानदार स्मार्ट जीवनदिने उद्देश्यका साथ ओपोले अत्याधुनिक प्रविधि र सटिक कनेक्टिभिटीको समिकरणका लागि आफ्ना विश्वभरका पार्टनर्ससंगको सहकार्य मार्फत र सफ्टवेयर तथा हार्डवेयरको समिकरण मार्फत नयाँ ईन्टेलिजेन्ट अनुभव पस्किरहेको छ ।