कीवर्डहरू -

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर पहिलो एआरले चल्ने कला केन्द्र बनाएको छ । यसले लघु चित्रकलालाई भिन्न ढङ्गले देखाँउछ ।

यसमा आफ्नै स्मार्टफोनको माध्यमले ठाँउहरुलाई नजिक गर्दै आफ्नो सहुलियत अनुसार हेर्न मिल्छ । ती चित्रकलाहरुले भारतीय संस्कृति झल्काउने बताइएको छ ।

केही कीवर्ड हालेर पनि त्यो सँग सम्बन्धित चित्रकला हेर्न सकिन्छ । गूगलले ती चित्रकलाहरुको अझै रौनक बढाउनका लागी आर्ट क्यामेराको पनि प्रयोग गरेको छ ।

यसले गर्दा ससानो कुरालाई पनि एकदमै विस्तारले हेर्न मिल्छ । यो संग्रहालयमा १२०० वटा हाई रिजोलुसन ईमेजहरु रहेका छन् ।

त्यसमा ७५ ओटा कथाहरु पनि रहेका छन् । एकदमै बृहत रुपले कुराहरु जान्न पाउने हुदा यो संग्रहालय आर्कषक बनेको छ । एजेन्सीको सहयोगमा