कीवर्डहरू -

रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक

रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक

धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्वपूर्ण काम गरिरहँदा यस्तो कलहरुले असर पारिरहेको हुन्छ ।

त्यही कारणले आवश्यक नभएसम्म यस्तो कलहरुलाई बन्द गर्नु नै उचित हुने गर्दछ । आज हामीले रोबोकल तथा स्पाम कललाई ब्लक गर्ने बारे केही तरिकाहरु जानकारी दिदैछौं ।

नम्बर बल्क गर्ने

यो उपाय धेरै कामलाग्दो नभएपनि कहिले काही उचित नै हुन सक्दछ । एउटै नम्बरबाट धेरैचोटि कल आइरहेको हुन सक्छ ।

यस्तो अवस्थाका लागी आफ्नो फोन आइकनको रिसेन्टमा जाने र त्यो नम्बरमा थिचेर ब्लक थिच्ने । यस्तो गर्दा धेरै केही नभएपनि कुनै एउटै ठाँउबाट आउने कल बन्द गर्न सकिन्छ ।

नचिनेको नम्बरलाई म्यूट गर्ने
आइओएस १३ वा त्यो भन्दा माथिको ओएस इन्सटल गरिएको आइफोनमा सजिलै स्पाम कलहरुलाई याद नगर्न मिल्छ । ‘साइलेन्स अननोन कलर’ फिचरलाई प्रयोग गरेर सजिलै यस्तो गर्न सकिन्छ ।

रिङ्ग नबजेपनि कल आएको थियो भनेर रिसेन्टमा देखाउँछ र को थियो भनेर जान्न मन लागेमा कल ब्याक पनि गर्न सकिन्छ । यसको लागी सेटिङ्गमा जाने फोनमा थिच्ने र ‘साइलेन्स अननोन कलर’ भन्ने विकल्पमा थिच्ने ।

भेरिजोन कल फिल्टर

भेरिजोन वायरलेसले कल फिल्टरको सुविधा निःशुल्क भर्सनमा पनि दिने गर्दछ ।  यसले स्पाम कलहरुलाई फिल्टर गर्ने गर्दछ ।

यसले कलहरुलाई रिपोर्ट गर्न पनि दिन्छ र स्पाम हो भने चेतावनी पनि दिन्छ । यो गूगल प्ले स्टोर र एप्पल प्ले स्टोरमा उपलब्ध छ ।

नोमोरोबो

यो पनि एउटा मोबाइल एप हो । यसले स्पाम कललाई भ्वाईसमेलमा वा ब्ल्याकलिस्टमा हालिदिने गर्दछ । यसले वेबमा एड ब्लक गर्न पनि मद्दत पु¥याउँछ । यसले रिपोर्ट गर्न पनि दिने गर्दछ ।

ट्रुकलर

ट्रुकलरले स्पाम कल र मेसेजलाई ब्लक गर्न दिन्छ । ट्रुकलरले कसले कल गरेको हो भनेर थाहापाउनका लागी मद्दत पु¥याउँछ । कुनै नम्बरको बारेमा जानकारी प्राप्त गर्न पनि सकिन्छ ।