कीवर्डहरू -

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्ताहरुलाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने भएको छ । यो फिचरसँगै स्न्यापच्याटले आफुलाई टिकटक र इन्स्टाग्रामको प्रतिस्पर्धी बनाइरहेको छ ।

यो फिचरसँगै आइओएस प्रयोगकर्ताहरुले आफ्नो स्न्यापमा चर्चित गीतहरु हाल्न सक्छन् । स्नापच्याटले एन्ड्रोइडमा कहिले यो अपडेट आउँछ भनेर कुनै जानकारी छैन् । अहिलेभने यो फिचर परिक्षणकै क्रममा रहेको छ ।

कम्पनीले आफ्नै आवाजहरु बनाएर हाल्न मिल्ने पनि फिचर ल्याउने भएको छ । केही दिनपछि यो फिचर विश्वव्यापी रुपमा आउनेछ । स्न्यापच्याटको टिकटकको जस्तो फिड भने हुदैन् ।

त्यसैले भाइरल भएको भिडियो हेर्ने खालको सुविधा भने यसमा छैन् । गीत भएको स्न्याप प्राप्त भएमा माथि स्वाइप गरेर गीतको टाइटल, एल्बम आर्ट र आर्टिस्टको नाम हेर्न सकिन्छ ।

त्यहाँ भएका लिङ्कमा थिचेर प्रयोगकर्ताहरुले पुरै गीत सुन्न पनि सक्छन् । स्नापच्याटले ठुला म्युजिक कम्पनीहरु सँग सहकार्य गरेको बताएको छ ।