फोटोः रोयटर्स
विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङका अध्यक्ष ली कुन हीको निधन भएको छ । लीको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।
लीको मृत्युको कारण भने खुलाइएको छैन् । सन् २०१४ मा उनलाई हार्टअट्याक भएपछि उनी हस्पिटलाइजड भएका थिए । उनकै नेतृत्वमा सामसङ विश्वकै ठुलो स्मार्टफोन तथा मेमोरी चिप्स उत्पादक बन्न सफल भएको थियो ।
लीले आफ्ना बुबाले सुरु गरेको सानो व्यवसायलाई विस्तार गरी ग्लोबल जायन्टको रुपमा रुपान्तरण गरे । ‘हामी उहाँको योगदान र आजसम्मको यात्राको लागि कृतज्ञ छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।