कीवर्डहरू -

आईप्याडका लागि सार्वजनिक भयो एडोब इलस्ट्रेटर

आईप्याडका लागि सार्वजनिक भयो एडोब इलस्ट्रेटर

फोटोः एडोब


एडोबले आइप्याडको लागी इलस्ट्रेटरको बेटा भर्सन सार्वजनिक गरेको छ । यसको जानकारी एडोबले भर्चुअल रुपमा आयोजना भएको वार्षिक म्याक्स कन्फेरेन्स मार्फत दिएको थियो ।

क्रिएटिभ सफ्टवेयरमा पनि एडोबले थुप्रै फिचरहरु थपेको छ । फोटोसपमा केही एकदमै राम्रो फिचरहरु पनि आएका छन् । यसमा पाँच ओटा नयाँ एआईले चल्ने टूलहरु हालिएको छ ।

यो सेनसाई टेक्नोलोजीले चल्ने गर्दछ जसले गर्दा आकाशको रङ्ग बदलिन र मान्छेको उमेर फरक बनाइदिन भने एकदमै सहज भएको छ ।

यो प्रविधि डिपफेकको लागि पनि प्रयोग गर्न सकिन्छ । साथै कम्पनीले कन्टेन्ट प्रमाणीकता पहल पनि शुरु गरेको छ । इलस्ट्रेटर एपले एप्पल पेन्सील र क्लाउड डकुमेन्टलाई सपोर्ट गर्दछ ।

यसले डिजाइनहरु पनि सेयर गर्ने मौका दिने गर्दछ । फोटोसपमा पनि कपालको रङ्ग बदलिन मिल्ने , उमेर कम वा बढि गर्न मिल्ने, अनुहारको आकार परिवर्तन गर्न मिल्ने जस्ता फिचरहरु रहेका छन् ।