कीवर्डहरू -

ह्वाट्सएपको वेब भर्सनमा भ्वाइस तथा भिडियो कलको सुविधा आउँदै 

ह्वाट्सएपको वेब भर्सनमा भ्वाइस तथा भिडियो कलको सुविधा आउँदै 

ह्वाट्सएपले चाँडैनै आफ्नो डेक्सटप एपबाट पनि कल गर्न मिल्ने सुविधा उपलब्ध हुने भएको छ । अहिले महामारीको बेलामा भिडियो कलको चलन एकदमै बढेको छ । जसको फाइदा जूम र फेसबुक जस्ता कम्पनीले उठाएका छन् ।

ह्वाट्सएपले पनि ग्रुप कलमा मान्छेको सङ्ख्या चार देखि आठ जनाले बढाएको छ । अब ह्वाट्सएपको डेक्सटप भर्सनमा भ्वाईस तथा भिडियो कल गर्न मिल्ने सुविधा आउँदै छ ।

यो डेक्सटप साइटमा कल गर्दा अर्को विन्डो खुल्छ जसको प्रयोगले कल म्यानेज गर्न सकिन्छ । तर यो नयाँ फिचर नआँउदै पनि डेक्सटप साइटबाट कल गर्न भने सम्भव नै छ ।

यसको लागी अहिले भने सर्टकट प्रयोग गरेर फेसबुक मेसेन्जर रुम बनाउनु पर्ने हुन्छ । तर यो नयाँ फिचर आएपछि भने हामी त्यही एपबाट कल गर्न मिल्ने हुन्छ ।

यो फिचर अहिले परीक्षणकै क्रममा रहेको छ । यो फिचर कहिलेबाट उपलब्ध हुन्छ त्यो भने कुनै जानकारी दिइएको छैन् ।