कीवर्डहरू -

ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट

ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट

ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वपूर्ण फिचर भने च्याटलाई सधैंको लागि म्यूट गर्नु रहेको छ ।

अहिले सम्म एपले प्रयोगकर्ताहरुलाई ८ घण्टा, एक हप्ता वा एक वर्ष सम्म मात्रै व्याट म्यूट गर्न दिन्थ्यो । अबको भने ‘अल्वेज’ विकल्प छनौट गरेर च्याट सधैको लागि म्युट गर्न सकिने छ ।

सधैंको लागि च्याट म्युट यसरी गर्नुहोस्

सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि आफुले सधैंको लागि म्युट गर्न चाहेको च्याटमा केहीबेर थिचिरहनुहोस् ।

च्याटमा थिचिसकेपछि माथिल्लो दाँया भागमा रहेको तीन ओटा डट भएको आइकनमा थिच्ने र त्यहाँ गएर म्यूट भन्ने विकल्पमा क्लिक गर्ने ।  त्यसपछि त्यहाँ ८ घण्टा, एक हप्ता या अल्वेजको अपसन देखिन्छ ।

यति गरेपछि हामीले च्याट सधैंको लागि म्युट गर्नलाई अल्वेजमा क्लिक गर्न सक्छौं । ह्वाट्सएपको यो फिचर अहिले एन्ड्रोइड र आइओएस मोबाइल एपमा उपलब्ध रहेको छ ।