कीवर्डहरू -

डुअल क्यामेरा सहित कुलप्याड एन सेभेन प्लस स्मार्टफोन नेपालमा

डुअल क्यामेरा सहित कुलप्याड एन सेभेन प्लस स्मार्टफोन नेपालमा

नेपाली बजारमा कुलप्याड एन सेभेन प्लस स्मार्टफोन सार्वजनिक भएको छ । कुनप्याड एन सेभेन प्लसमा सेल प्रविधिमा आधारित ६.५३ इन्च फुल एचडी प्लस डिस्प्ले राखिएको छ ।

यसमा मिडिया टेकको हेलियो पी २२ प्रोसेसर प्रयोग गरिएको छ । त्यस्तै यो फोन ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसको इन्टरनल स्टोरेजलाई माइक्रोएसडी कार्डको सहयोगले २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोनको पछाडी डुअल क्यामेरा सेटअप छ । जसमा प्राइमरी क्यामेरा २० मेगापिक्सेल र २ मेगापिक्सेल सेकेन्डरी क्यामेरा रहेको छ । त्यसैगरी फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

यो डिभाइसमा ४ हजार एमएएचको ब्याट्री राखिएको छ । यसमा १० वाटको पावर एडेप्टर पनि रहेको छ । फोनमा टाइप सी पोर्टको सुविधा छ । त्यस्तै डिभाइस फिंगरप्रिन्ट र फेस अनलकको समेत सुविधा रहेको छ ।

त्यस्तै फोनमा फाइभ एमएमको अडियो ज्याक, फोरजी, वाईफाई, ओटीजी लगायतको पनि सुविधा उपलब्ध छ । नेपाली बजारमा कुलप्याड एन सेभेन प्लसको मूल्य १५ हजार २९९ रुपैयाँ तोकिएको छ । यो मोबाइल अफलाइन रिटेल सपमा पाइने छ ।