कीवर्डहरू -

यी हुन् नेपालका उत्कृष्ट ५ डिजिटल वालेट 

यी हुन् नेपालका उत्कृष्ट ५ डिजिटल वालेट 

पछिल्लो समय नेपालमा डिजिटल वालेटको प्रयोग बढिरहेको छ । मानिसहरु रिचार्ज गर्न होस् वा बिल भुक्तानी गर्न होस् मोबाइल वालेटको प्रयोग गरिरहेका छन् ।

मोबाइल वालेटले गर्दा मानिसको दैनिकी सहज भएको छ । बिल तिर्न जाँदा बस्नुपर्ने लामो लाइनको बाध्यता पनि अन्त्य भएको छ । आज हामीले तपाईंलाई नेपालमा सञ्चालित उत्कृष्ट ५ डिजिटल वालेटको बारेमा जानकारी दिदैंछौं ।

ईसेवा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ईसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । ईसेवाको वेबसाइट तथा मोबाइल एप प्रयोग गरेर मोबाईल रिचार्ज, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी भुक्तानी, फिल्म टिकट, एयरलाईन्स र बस टिकटको पैसा तिर्न सकिन्छ ।

यसका साथै बीमा प्रीमियम भुक्तानी, स्कुल र कलेज शुल्क भुक्तानी, अनलाइन खाजा अडर, अनलाइन शपिङ तथा क्रेडिट कार्ड बिल भुक्तानी ईसेवाबाटै पनि गर्न सकिन्छ । त्यस्तै क्युआर कोड स्क्यान गरेर पनि भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै ईसेवाबाट पैसा पठाउन र पाउन पनि सकिन्छ । मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत् पनि आफ्नो ईसेवा खातामा पैसा लोड गर्न सकिन्छ । भने बैंकको शाखामा गएर पनि ईसेवामा पैसा डिपोजिट गर्न सकिन्छ । साथै नजिकैको ईसेवा क्यास पोइन्टमा गएर वा आफ्नो साथीभाई मार्फत पनि आफ्नो ईसेवा अकाउन्टमा पैसा राख्न सकिन्छ ।

गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरबाट ईसेवाको मोबाइल एप डाउनलोड गरी सेवा प्रयोग गर्न सकिन्छ । हाल ईसेवाका देशभर ८० हजार एजेन्ट रहेका छन् । ईसेवाले एक दशक देखि आफ्नो सेवा दिइरहेको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेका छन् ।

ईसेवाको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड फोनको लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनको लागि यहाँ क्लिक गर्नुहोस् ।

खल्ती

खल्ती पनि नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । बि.स. २०७३ साल माघमा सार्वजनिक भएको मोबाइल वालेट खल्तीले छोटो समयमै लोकप्रियो भयो । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति पाप्त मोबाइल वालेट हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्न, ईकमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । साथै खल्ती एप प्रयोग गरी साना ठूला खुद्रा पसलमा क्युआर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ ।

खल्तीमा ४० भन्दा बढी बैंकहरु आवद्ध रहेका छन् । खल्तीमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोग गरेर पैसा लोड गर्न सकिन्छ ।

बैंकमा गएर आफ्नो खल्ती अकाउन्टमा पनि पैसा लोड गर्न सकिन्छ । खल्ती पसल, आफ्ना साथीभाई तथा डेबिट क्रेडिट कार्डबाट पनि पैसा लोच गर्न सकिन्छ । खल्तीबाट पैसा पठाउन र पाउन पनि सकिन्छ ।

खल्तीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड फोनको लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनको लागि यहाँ क्लिक गर्नुहोस् ।

आइएमई पे

आइएमई पे पनि नेपालको लोकप्रिय मोबाइल वालेट हो । आइएमई पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो ।

आइएमई पेको मोबाइल एपबाट बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम तिर्न सकिन्छ ।

झन्डै ३० हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई पेले वालेटमा भएको रकममा ब्याज समेत प्रदान गर्दैं आएको छ । ब्याज प्राप्त गर्न वालेटमा न्युनतम १ हजार रुपैयाँ भने हुनुपर्छ । यसबाट पैसा पठाउन र पाउन पनि सकिन्छ । आइएमई पेमा १५ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आवद्ध भएका छन् ।

आइएमई पेको मोबाइल एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । आइएमई पेको अकाउन्टमा बैंक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट क्रेडिट कार्ड, एजेन्ट तथा कनेक्ट आइपीएसबाट पैसा लोड गर्न सकिन्छ ।

आइएमई पेको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइओएसको लागि मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रभु पे

प्रभु पे प्रभु ग्रुप अन्तरगतको एक वित्तिय सेवा प्रदायक संस्था हो । प्रभु पेको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै फिल्मको टिकेट, प्लेन टिकेट, इभेन्ट्स टिकेट, होटेलको रुम बुकिङ गर्न, अस्पतालमा ओपीडीको टिकट काट्न, ल्याब टेष्टको भुक्तानी गर्न, विभिन्न ईकमर्समा सामान खरिद गर्न, पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने जस्ता अन्य विविध सेवाहरु प्रभु पेबाट लिन सकिन्छ । प्रभु पेको मोबाइल एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ ।

प्रभु पेबाट पैसा पठाउन र पाउन पनि सकिन्छ । त्यस्तै प्रभु पेमा बैंक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डबिट क्रेडिट कार्डबाट पनि पैसा लोड गर्न सकिन्छ । साथै स्मार्टफोन नहुने व्यक्तिले बारफोनबाटै प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । प्रभु पेमा १० भन्दा बैंकहरु आवद्ध भएका छन् ।

प्रभु पेको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइओएसको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

क्यु पे

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालमा सञ्चालित अर्को मोबाइल वालेट हो क्यु पे । क्यु पे प्रालिले युनियन पे इन्टरनेसनलसँगको सहकार्यमा मोबाइल वालेट सञ्चालनमा ल्याएको हो ।

क्यु पेबाट मोबाइ रिचार्ज, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी, पानीको बिल भुक्तानी, मुभि तथा फ्लाइट टिकेट काट्न र विद्युतको बिल भुक्तानी गर्न सकिन्छ ।

क्यु पेबाट बैंक खातामा पैसा पठाउन सकिन्छ । यसमा १५ भन्दा बढी बैंकहरु आवद्ध रहेका छन् । त्यस्तै यसबाट मेरो शेयर निविकरण, डिम्याट नविकरण गर्न पनि सकिन्छ ।

त्यस्तै क्यु पे वालेटमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, मर्चेन्ट तथा साथीभाइको क्यु पे वालेटबाट पनि रकम लोड गर्न सकिन्छ ।

क्यु पेको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइओएसको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यी वालेटहरुसँगै नेपालमा सिजीपे , ईनेट पे , मोरु डिजिटल वालेट , मोको डिजिटल वालेट , पे टाइम लगायतका वालेट सञ्चालनमा रहेका छन् ।