कीवर्डहरू -

आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल

आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल

सन् २०१९ मा एप्पलले आइओएस १३ द्वारा स्वतः रुपमा स्पाम कल ब्लक गर्न मिल्ने फिचर ल्याएको थियो । तर यो फिचरलाई भने सुचारु गर्नुपर्ने हुन्छ ।

यसको लागी स्पाम कलरको लिस्ट पनि दिनुपर्ने हुन्छ । तर फिचरलाई सुचारु गर्नु अघि प्रयोगकर्ताहरुले ट्रुकलर, नोमोरोबो वा हाया जस्ता एपहरु डाउनलोड गर्नुपर्ने हुन्छ ।

यी मध्य जुन कुनै पनि एप डाउनलोड गरेपछि  सजिलै स्पाम कल ब्लक गर्न सकिन्छ । जसको जानकारी आज हामी दिदैं छौं ।

यसरी गर्नुहोस् ब्लक

सुरुमा आफ्नो आइफोनको सेटिङ्गमा गएर फोन भन्ने विकल्पमा थिच्नुहोस् । त्यसपछि तल सम्म स्क्रोल गरेर ‘कल ब्लकीङ् एण्ड आइडेन्टिफिकेसन’ भन्ने विकल्पमा ट्याप गर्नुहोस् ।

ट्याप गरेपछि आफूले प्रयोग गरिरहेको एपको टगल अन गर्ने जसले गर्दा स्वतः रुपमा स्पाम कल ब्लक हुन्छ ।

त्यस्तै साइलेन्स अननोन कलर फिचर सुचारु गरेर सेभ नगरेको नम्बरलाई सिधै भ्वाइसमेलमा पनि पठाउन सकिन्छ ।