कीवर्डहरू -

सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले

सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले

सामसङ् र स्ट्यानफोर्डका अन्वेषकहरुले मिलेर दश हजार पीपीआईको ओएलईडी डिस्प्ले बनाएका छन् । यो अहिलेको नयाँ मोडेलहरु भन्दा राम्रो डिस्प्ले हो ।

यो ओएलईडी डिस्प्ले भविष्यमा टीभी, स्मार्टफोन, भीआर र एआर डिभाइसमा प्रयोग हुनेछ । भीआर एआर डिभाइसमा यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

भीआर एआर डिभाइसको स्क्रीन आँखाबाट एकदमै नजिक हुने हुँदा यसलाई प्रयोग गर्दा आँखालाई जोगाउन पनि सकिन्छ । यो डिस्प्लेले अझै बढि वास्तविक बनाइदिने गर्दछ ।

यसमा न्यानोस्केलको प्रयोग गरिएको छ जसले गर्दा लाईट थुप्रै चीजहरु बाट पार हुन सक्छ जस्तो पानी । यो डिजाइन भने सोलार सेलहरुमा पनि एकदमै राम्ररी काम गर्ने गर्दछ ।

यसले आउँदो पुस्ताको डिस्प्ले सिस्टममा पनि फरक ल्याउने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा