कीवर्डहरू -

सर्वेक्षण अनुसार जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज

सर्वेक्षण अनुसार जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज

हालै गरिएको एक सर्वेक्षण अनुसार सन् २०२० को तेस्रो त्रैमासमा जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ भाषा ठहरिएको छ । एनालिष्ट फर्म स्ल्यासडेटाले गरेको सर्वेक्षणमा जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज ठहरिएको हो ।

यस सर्वेक्षणमा १५९ देशहरुबाट १७ हजार विकासकर्ताले प्रतिक्रिया जनाएका थिए । दोस्रो स्थानमा पाइथन पर्न सफल भएको छ र त्यसैगरी तेस्रो स्थानमा जाभा परेको छ ।

जाभास्क्रीप्टको अहिले १२.४ मिलियन सक्रिय सफ्टवेयर डेभलपर्स  रहेका छन् । सन् २०१७ देखि ५ मिलियन डेभलपर्स जाभास्क्रीप्ट कम्युनिटीमा जोडिएको अनुमान गरिएको छ ।

पाइथनका ९ मिलियन डेभलपर्स रहेका छन् । पाइथनले गत वर्षमा २.२ मिलियन डेभलपर्स प्राप्त गरेको छ । जाभाको भने ८.२ मिलियन डेभलपर्स रहेका छन् ।

त्यही प्रोग्रामिङ गर्ने भाषाको सूचीमा क्रमश सी, सी प्लसको ६.६ मिलियन, पीएचपी को ६.१ मिलियन, सी को ६ मिलियन डेभलपर्स रहेका छन् ।

\"\"

फोटो क्रेडिटः स्ल्यासडेटा