कीवर्डहरू -

डिशहोम र मेरो टिभीमा आजदेखि आईपिएलको लाईभ हेर्न सकिने

डिशहोम र मेरो टिभीमा आजदेखि आईपिएलको लाईभ हेर्न सकिने

डिशहोम र मेरो टिभीमा आज देखि इन्डियन प्रिमियर लिग (आईपीएल) को लाईभ हेर्न सकिने भएको छ । क्लिनफिडका कारण गत शनिबार देखि अवरुद्ध भएको आईपीएलको लाईभ आजदेखि हर्न सकिने भएको हो ।

क्लिनफिड सहित डिशहोम र मेरो टिभीमा स्टार स्पोर्ट्स १ च्यानल  उपलब्ध भएको सेवा प्रदायकले जानकारी दिएका छन् । मेरो टिभीको च्यानल नम्बर ६०४ मा स्टार स्पोर्ट्स १ हेर्न सकिने छ ।

मेरो टिभीका देशभर ४ लाख भन्दा बढी ग्राहक रहेका छन् भने डिशहोमका देशभर १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।