टिन्डरको ‘फेस टू फेस’ भिडियो च्याट फिचर विश्वव्यापी रुपमा सार्वजनिक भएको छ । अब यस फिचरको प्रयोग गरी यसमा एकजनासँग भिडियो कल गरेर कुराकानी गर्न सकिने छ ।
यो महामारीको समयमा यो फिचर एकदमै उपयुक्त हुने मानिएको छ । अब आफूलाई बोल्न मनलागेको मान्छेसँग कुनै तेस्रो पक्षीय एपहरु प्रयोग नगरिकनै टिन्डर मै बोल्न सकिन्छ ।
यस अपडेटमा एपले प्रयोगकर्ताहरुको सूचनाको सुरक्षामा पनि विशेष ध्यान पुर्याएको छ । यो फिचरका लागी दुबै पक्षले भिडियो च्याट गर्ने कुरामा राजी भएपछि मात्रै सम्भव हुनेछ ।
फेस टू फेसको टगल अन गरिएको छ भन्ने जानकारी प्रयोगकर्ताको टिन्डर पार्टनरले भने थाहापाउन सक्छ तर यो फिचर उपयोग गर्न मन नभएमा टगललाई अफ गर्न सकिन्छ ।
टीनडरले प्रयोगकर्ताहरुलाई आफ्नो ब्याकग्राउण्डमा पनि एकदमै ध्यान पुर्याउन सुझाव दिएको छ । यो नयाँ फिचरले टेक्सट च्याट र लाइभ डेटको बिचको दूरी घटाउने गर्दछ । तर कलमा केही गलत कार्य भयो भने यसको जिम्मेवारी भने एपले नव्यहोर्ने जनाएको छ ।