कीवर्डहरू -

फेसबुक ह्याक भएको छ भन्दै नग्न तस्वीर र भिडियो मागेमा सचेत रहन साइबर ब्यूरोको आग्रह

फेसबुक ह्याक भएको छ भन्दै नग्न तस्वीर र भिडियो मागेमा सचेत रहन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गतिविधि भइरहेकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाइल फोन नम्बरहरुमा, अननोन, प्राइभेट वा नदेखिने नम्बर तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्टु बाट बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भैरहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं, तर भेरिफिकेसनका लागि तपाइले आफ्नो न्यूड फोटो, भिडियो पठाउनुहोस् भनेर भन्ने गरेको ब्यूरोले जानकारी दिएको छ ।

ईमेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई-मेल, फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु प्राप्त भईरहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

ब्यूरोले सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन आग्रह गरेको छ ।

साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१-४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल [email protected] मा सूचना वा जानकारी दिन अनुरोध समेत गरेको छ ।