कीवर्डहरू -

ह्वावेद्वारा २०२० पहिलो तीन क्वाटरको कारोबार नतिजा सार्वजनिक, गतवर्षभन्दा ९.९५ प्रतिशतले वृद्धि 

यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ (CNY) ६७१.३ अर्ब रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९५ प्रतिशतले वृद्धि भएको हो ।

ह्वावेद्वारा  २०२० पहिलो तीन क्वाटरको कारोबार नतिजा सार्वजनिक, गतवर्षभन्दा ९.९५ प्रतिशतले वृद्धि 

ह्वावेले २०२० को पहिलो तीन क्वाटरको कारोबारको नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ (CNY) ६७१.३ अर्ब रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९५ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको खुद नाफा ८.०५ थियो । * २०२० को पहिलो तीन क्वार्टरमा ह्वावेको व्यावसायिक परिणामले अपेक्षित नतिजा देखाएको छ ।


विश्व कोभिड–१९ सँग लड्दै गर्दा ह्वावेकोे ग्लोबल सप्लाई चेन गहन दबाबको अधीनमा छ र यसको उत्पादन र संचालनले महत्वपूर्ण चुनौतिहरूको सामना गरेको कम्पनीले जनाएको छ । कम्पनीले लगातार समाधान खोज्न, बाँच्न र अगाडि बढ्न, र ग्राहक र आपूर्तिकर्ताप्रति आफ्नो दायित्वहरू पूरा गर्न पूर्ण कोसिस गरिरहेको छ ।

अगाडि बढ्दै जाँदा ह्वावेले आईसीटी प्रविधिहरू जस्तै AI, क्लाउड (Cloud), 5G र कम्प्युटिङ मा आफ्नो बल उपयोग गरी, परिदृश्यमा आधारित सोलुसनहरू प्रदान गर्न, उद्योग अनुप्रयोगहरू विकास गर्न प्रयास गर्ने छ र आफ्नो साझेदारहरूसँग 5G नेटवर्कको भ्यालुको लाभ उठाउनेछ ।


अगाडि बढ्दै जाँदा ह्वावेले आईसीटी प्रविधिहरू जस्तै AI, क्लाउड (Cloud), 5G र कम्प्युटिङ मा आफ्नो बल उपयोग गरी, परिदृश्यमा आधारित सोलुसनहरू प्रदान गर्न, उद्योग अनुप्रयोगहरू विकास गर्न प्रयास गर्ने छ र आफ्नो साझेदारहरूसँग 5G नेटवर्कको भ्यालुको लाभ उठाउनेछ । यसको घोषित लक्ष्य भनेको उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकार मार्फत घरेलु उद्योगको बृद्धि गर्न, घटकहरूलाई फाइदा पु¥याउन र समग्र शासन व्यवस्थामा सुधार गर्न मद्दत गर्नु हो ।


आईसीटी (ICT) आधुनिक समाजको आधारशिला र दिगो सामाजिक, आर्थिक र वातावरणीय विकासको मुख्य चालक बन्न पुगेको छ । ह्वावेलाई विश्वास छ कि आईसीटी उद्योग भित्र तीव्र र स्वस्थ विकास ग्लोबल उद्योगमा हुने खुला सहयोग र पारस्परिक विश्वासमा निर्भर गर्दछ, त्यसैले यो जटिल अवस्थाको बावजुद पनि ह्वावे आफ्नो वैश्विक साझेदारहरुसंग नजिकबाट कार्य गरिराख्ने छ र आफ्नो इनोभेटिव आईसीटी प्रविधिहरूको प्रयोगले ग्राहकहरुको लागि अझ ठूलो मूल्य सिर्जना गर्न जारी राख्नेछ । कम्पनीले महामारी प्रतीको कार्यहरु, आर्थिक वृद्धि, र सामाजिक प्रगति गर्न योगदान जारी राख्नेछ ।

\"\"

ह्वावेले विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ ।

* यहाँ खुलासा गरिएको वित्तीय तथ्या्कहरु अडिट नगरिएको आंकडा हुन जुन अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिंग मापदण्डहरु पालना गरी सङ्कलन गरिएका हुन् । जसमा सेप्टेम्बर २०२० को अन्त्यमा विनिमय दरः US$1 = CNY6.8101 कायम गरिएको छ (स्रोतः एक बाह्य एजेन्सी) ।

१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । ह्वावेसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छं । ह्वावेले विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ ।