कीवर्डहरू -

ह्वावेद्वारा सन् २०२० को तेस्रो त्रैमासको  कारोबार नतिजा सार्वजनिक

ह्वावेद्वारा सन् २०२० को तेस्रो त्रैमासको  कारोबार नतिजा सार्वजनिक

ह्वावेले सन् २०२० को तेस्रो त्रैमासको कारोबार नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ ६७१.३ अर्ब रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९५ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ८.०५ थियो । २०२० को पहिलो तीन क्वार्टरमा ह्वावेको व्यावसायिक परिणामले अपेक्षित नतिजा देखाएको छ ।

विश्व कोभिड–१९ सँग लड्दै गर्दा ह्वावेको ग्लोबल सप्लाई चेन गहन दबाबको अधीनमा छ र यसको उत्पादन र संचालनले महत्वपूर्ण चुनौतिहरूको सामना गर्दैंछ ।

कम्पनीले लगातार समाधान खोज्न, बाँच्न र अगाडि बढ्न, र ग्राहक र आपूर्तिकर्ताप्रति आफ्नो दायित्वहरू पूरा गर्न पूर्ण कोसिस गरिरहेको छ ।

अगाडि बढ्दै जाँदा ह्वावेले आईसीटी प्रविधिहरू जस्तै क्लाउड, फाइभजी र कम्प्युटिङमा आफ्नो बल उपयोग गरी, परिदृश्यमा आधारित सोलुसनहरू प्रदान गर्न, उद्योग अनुप्रयोगहरू विकास गर्न प्रयास गर्ने छ र आफ्नो साझेदारहरूसँग छन् नेटवर्कको भ्यालुको लाभ उठाउने जनाइएको छ ।

यसको घोषित लक्ष्य भनेको उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकार मार्फत घरेलु उद्योगको बृद्धि गर्न, घटकहरूलाई फाइदा पु¥याउन र समग्र शासन व्यवस्थामा सुधार गर्न मद्दत गर्नु हो ।

आईसीटी आधुनिक समाजको आधारशिला र दिगो सामाजिक, आर्थिक र वातावरणीय विकासको मुख्य चालक बन्न पुगेको छ । ह्वावेलाई विश्वास छ कि आईसीटी उद्योग भित्र तीव्र र स्वस्थ विकास ग्लोबल उद्योगमा हुने खुला सहयोग र पारस्परिक विश्वासमा निर्भर गर्दछ, त्यसैले यो जटिल अवस्थाको बावजुद पनि ह्वावे आफ्नो वैश्विक साझेदारहरुसंग नजिकबाट कार्य गरिराख्ने छ र आफ्नो इनोभेटिव आईसीटी प्रविधिहरूको प्रयोगले ग्राहकहरुको लागि अझ ठूलो मूल्य सिर्जना गर्न जारी राख्नेछ । कम्पनीले महामारी प्रतीको कार्यहरु, आर्थिक वृद्धि, र सामाजिक प्रगति गर्न योगदान जारी राख्नेछ । \\

यहाँ खुलासा गरिएको वित्तीय तथ्या्कहरु अडिट नगरिएको आंकडा हुन जुन अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिंग मापदण्डहरु पालना गरी सङ्कलन गरिएको जनाइएको छ । जसमा सेप्टेम्बर २०२० को अन्त्यमा विनिमय दर US$1 = CNY6.8101 कायम गरिएको छ ।