कीवर्डहरू -

२१ गेमिङ एपमा मालवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुहोस् 

२१ गेमिङ एपमा मालवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुहोस् 

२१ वटा गेमिङ एपहरुमा मालवेयर समावेश भएको पाइएको छ । जेडीनेटको रिपोर्ट अनुसार गूगल प्ले स्टोरमा २१ ओटा मालवेयर भएको एपहरु भेटाइएको हो ।

यदि यी २१ वटा एपमध्ये कुनैपनि एप तपाईले इन्स्टल गर्नुभएको छ भने तुरुन्तै आफ्नो फोनबाट हटाउनुहोस् । यी एपहरुको बारेमा राम्रोसँग छानबिन गरेपछि थाहा भएको बताइएको छ ।

यी हुन् मालवेयर भेटाइएका २१ एप

१. एसासिन लेजेन्ड - २०२० न्यू
२. क्रिम ट्रीप – न्यू
३. क्रस कार
४. डेर्जट अगेन्स्ट
५. फाइण्ड ५ डिफरेन्सेस – २०२० न्यू
६. फाइण्ड हिडन
७. फाइण्ड द डिफरेन्सेज –पजल गेम
८. फ्लाइङ्ग स्केटबोर्ड
९. हेलिकप्टर अट्याक – न्यू
१०. हेलिकप्टर सुट
११. आइरन इट
१२. जम्प जम्प
१३. मनी डिस्ट्रोयर
१४. प्लान्ट मोन्सटर
१५. प्रोप्स रेस्क्यू
१६. रोलिङ्ग स्क्रोल
१७. रोटेट सेप
१८.रुगबी पास
१९. सुट देम
२०. सुटिङ् रन
२१. स्वे म्यान

यी २१ ओटा एपहरुलाई ८ मिलियन भन्दा बढी पटक डाउनलोड गरिएको छ । अहिले पनि ६ ओटा एपहरु भने प्ले स्टोरबाट हटाइएको छैन् ।

गूगलले यस्ता एपहरुलाई प्लेटफर्म नदिने प्रयत्न गर्दा पनि यी एपहरुले भने बाटो खोजिहाल्ने गर्दछन् । त्यही कारणले प्रयोगकर्ताहरु पनि सचेत हुनु जरुरी छ । यसको लागी सदैब एप डाउनलोड गर्नु अघि रिभ्यू पढनु पर्दछ । एन्टीभाइरस एप पनि राख्ने गर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा