कीवर्डहरू -

हल्ट प्राइजले आयोजना गरेको उद्यमी टक सिरिज सम्पन्न

हल्ट प्राइजले आयोजना गरेको उद्यमी टक सिरिज सम्पन्न

हल्ट प्राइज आईओई २०२१ र नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार म्युजिक इभसहित ‘उद्यमी टक सिरिज लेभल ४ समूह निर्माण’ सम्पन्न भएको छ । दशैलाई लक्षित गर्दै उक्त कार्यक्रममा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्राध्यापक स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अपर्ना जोशी खन्ड्वाला, चीनको माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उनीहरूले आ आफ्ना अनुभव साट्नुका साथै नयॅा उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित गर्ने काम गरेका थिए ।

उक्त इभेन्टमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखि, मिस नेपाल अर्थ् २०१८ प्रिया सिग्देल र मान्सी अग्रवालहरूको सहभागीतामा छुट्टै प्यानल डिस्कसन भएको थियो ।

कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा गायक शास्वत खड्का, सुरजराज खत्री, भेषराज तिमल्सिना, गायिका स्मिता दाहाल तथा कमिडियन आयुष श्रेष्ठको पनि रहेको उपस्थिति थियो ।