कीवर्डहरू -

नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफसी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।

एशियालि विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिन्यायिहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफसीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  ।