कीवर्डहरू -

प्रविधिको प्रयोग गरी ७ हजार ६ सय टनको भवनलाई यसरी सारियो ६२ मिटर पर (भिडियोसहित)

प्रविधिको प्रयोग गरी ७ हजार ६ सय टनको भवनलाई यसरी सारियो ६२ मिटर पर (भिडियोसहित)

Image Credit: Shanghai Evolution Shift Project


चीनमा इन्जिनियहरुले ७६ सय टनको एक विशाल भवनलाई अर्को ठाउँमा सारेका छन् । चीनको सांघाई शहरमा इन्जिनियरहरुले प्रविधिको प्रयोग गरी ७ हजार ६ सय टनको ५ तले विशाल भवनलाई अर्को स्थानमा सारेका हुन् ।

सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ५ तले भवनलाई प्रविधि प्रयोग गरी अर्को स्थानमा सारिएको हो । इन्जिनियरको एक टोलिले प्रविधि र १९८ रोबोटको खुट्टाको सहयोगले भवन ६२ मिटर पर सारेको हो ।

यो भवन सार्ने पक्रिया १८ दिनमा पुरा भएको हो । यो भवन भत्काउने विकल्प पनि थियो तर पुरानो भवनलाई जस्ताको तस्तै केही टाढा सार्ने निर्णय गरिएको हो । यस ठाउँमा नयाँ प्रोजेक्टको काम सुरु गर्नुपर्ने भएकाले भवन सारिएको हो ।

यो हेनुहोस् भवन सारेको भिडियो