कीवर्डहरू -

नयाँ डिजाइन सहित सार्वजनिक भयो सोनीको प्लेस्टेसन एप, नयाँ फिचर पनि थपिए

नयाँ डिजाइन सहित सार्वजनिक भयो सोनीको प्लेस्टेसन एप, नयाँ फिचर पनि थपिए

सोनीले आफ्नो प्लेस्टेसन एपलाई फेरी नयाँ डिजाइनमा ल्याएको छ । नयाँ डिजानइ सहित एप आईओएस र एनड्रोइडमा उपलब्ध भइसकेको छ ।

यसलाई नयाँ लञ्च गरिने कनसोलसँग खेल्न अझै रमाइलो हुनेछ । कन्सोल प्रयोगकर्ताहरुले जहाँबाट पनि गेम लञ्च गर्न सक्छन् । त्यस्तै एपको माध्यमबाट नै सिधै पीएस पाईभमा साइन इन पनि गर्न सकिन्छ ।

एपले कन्सोलमा स्टोरेजलाई व्यवस्थापन पनि गर्न दिन्छ । सोनीको ब्लग पोस्टका अनुसार प्रयोगकर्ताहरुले कन्सोलसँग सिधै अन्तरक्रिया नगरिकनै एपद्वारा कन्सोललाई व्यवस्थित ढङ्गले चलाउन सक्दछन् ।

यसले डिजिटल माध्यमहरुबाट गेम किन्ने पनि मौका दिन्छ । यसले एपबाटै मेसेज गर्न, भ्वाइस च्याट गर्न, ग्रुप बनाउन दिने जस्तो फिचरहरु प्रदान गर्ने गर्दछ । यो एपको नयाँ यूआईले गर्दा सबै कुरा व्यवस्थित जस्तो देखिने गर्दछ । यो अपडेट चाँडैनै सबैले पाउनेछन् ।