कीवर्डहरू -

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ

व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित बुधबार राति पक्राउ गरेको जनाएको छ ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र उनले प्रयोग गरेको ग.११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

बानियाँ उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।