कीवर्डहरू -

सामसङले पनि एप्पल जस्तै स्मार्टफोनमा चार्जर र इयरफोन हटाउन सक्ने

सामसङले पनि एप्पल जस्तै स्मार्टफोनमा चार्जर र इयरफोन हटाउन सक्ने

सामसङले एप्पल जस्तै आफ्नो सेटमा पनि चार्जर र इयरफोन हटाउन सक्ने भएको छ । एप्पलले यो वर्ष आइफोन १२ र एप्पल घडीहरुमा वातावरणको सुरक्षाको लागी भनेर चार्जर र इयरफोन हटाइदिएको छ ।

सामसङ्ले केही दिन अघि यो कुराको व्यङ्गय गरेको भएपनि अब एप्पलकै त्यही बाटो लाग्ने भएको छ । कोरियाको समाचार साइट चोसनबिजको अनुसार सामसङले आफ्नो ग्यालेक्सी एस २१ बक्सबाट चार्जर र ईयरफोन हटाउने सोचिरहेको छ ।

एप्पलले आइफोन १२ को मूल्य गत सालको मोडेल जति नै राखेको छ । एप्पलले आफ्नो आधिकारिक केबललाई भने यूएसबी ए बाट यूएसबी सीमा परिवर्तन गरेको छ । जसले गर्दा यूएसबी सी नभएको चार्जिङ् पोर्टका लागी छुट्टै चार्जर किन्नुपर्दछ ।

एप्पल र सामसङ् बाहेक साओमीले पनि भविष्यमा प्लास्टिकको प्रयोग ६० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

गूगलले पनि २०२२ सम्ममा सबै हार्डवेयर सामाग्रीहरुमा पुनः प्रयोग गरिएको या नवीकरणीय सामाग्री प्रयोग गर्ने बताएको छ । एजेन्सीको सहयोगमा