कीवर्डहरू -

उद्यमी टक सिरिजको पाँचौं श्रृंखला शनिबार आयोजना हुँदैं 

उद्यमी टक सिरिजको पाँचौं श्रृंखला शनिबार आयोजना हुँदैं 

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ ।

उद्यमी टक सिरिजको यो पाचौं श्रृंखला हो । ‘ब्राण्डिङ योर प्रोडक्ट’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि सेलिब्रेटी अतिथिको रुपमा नेटफ्लिक्सको वृत्तचित्रमा फिचर भएका डेविड क्यारोल, एक लोकप्रिय पाकिस्तानी मोमिन सकिब, मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप नभेली देस्मुखको साथै इशा फाउण्डेशनका एक योगी स्वयंसेवकको उपस्थित हुनेछन् ।

डेविड क्यारोल पार्सोन्स स्कुल अफ डिजाइन्सका सहप्राध्यापक हुन् । उनी नेटफ्लिक्सको ‘द र्गेट ह्याक’ नामक वृत्तचित्रमा सन् २०१९ मा फिचर भएका थिए ।

यस्तै पाचौं श्रृंखलामा मिस इन्डिया  युनिभर्स २०१५ सेकेन्ड रनरअप विजेता मोडल नभेली देस्मुख सेलिब्रेटी पाहुनाको रुपमा उपस्थित हुने भएकी छिन् ।

यस श्रृंखलामा सक्रिय मोटिभेसनल स्पीकर तथा एक्टिभिस्ट मोमिन सकिब पनि उपस्थित हुनेछन् । कार्यक्रममा वक्ताहरुले प्रोडक्टको ब्राण्डिङ गर्ने विषयमा आफ्नो धारणा, ज्ञान र अनुभव साट्ने छन् । उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्नुहुनेछ ।

कार्यक्रममा इशा फाउण्डेशनका एक योगी स्वयंसेवक गुरूद्वारा सहभागीहरूलाई साधारण तथा प्रभावकारी योगा पनि सिकाउने व्यवस्था पनि मिलाइएको छ ।

भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहानेहरुले यहाँ क्लिक गरी दर्ता गर्नु पर्नेछ ।