कीवर्डहरू -

भारतीय स्मार्टफोन बजारः साओमीलाई उछिन्दै दुई वर्ष पछि सामसङ पहिलो स्थानमा 

भारतीय स्मार्टफोन बजारः साओमीलाई उछिन्दै दुई वर्ष पछि सामसङ पहिलो स्थानमा 

सामसङले दुई वर्ष पछि भारतीय स्मार्टफोन बजारमा साओमीलाई उछिन्न सफल भएको छ । भारतिय स्मार्टफोन बजारमा दुई वर्ष देखि लगातार साओमीले पहिलो स्थान ओगट्दै आइरहेको थियो ।

काउन्टर पोइन्टको रिपोर्ट अनुसार सन् २०२० को तेस्रो त्रैमासमा सामसङले बजारमा २४ प्रतिशत शेयर प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा भने साओमी रहेको छ । साओमी बजारमा २३ प्रतिशत शेयर रहेको छ ।

\"\"

त्यसपछिको सूचीमा भिभो र रियलमी रहेका छन् । सामसङले अप्रिल देखि सेप्टेम्बर सम्ममा १८ ओटा फोनको मोडेलहरु निकालेको थियो र त्यँही ठाँउमा साओमीले भने २२ ओटा निकालेको थियो ।

बोर्डरमा भएको आर्मी बिचको लडाइले पनि भारतीय जनताहरुलाई चीनीयाँ सामान लिनबाट मन हटाइदिएको छ । माइक्रोम्याक्सले यही अवस्थाको फाइदा लिएर अर्को महिना भने इन सिरिज निकाल्ने भएको छ । यस्तो अवस्थामा पनि फेरि साओमीले नै उच्च स्थान लिन सक्ने विज्ञहरुको भनाई रहेको छ ।