कीवर्डहरू -

लिङ्कडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, रोजगारी खोज्न सहज हुने

लिङ्कडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, रोजगारी खोज्न सहज हुने

प्रोफेसनलहरुको सामाजिक सञ्जाल लिङ्कडिनले क्यारीयर एक्सप्लोरर टूल सार्वजनिक गरेको छ । कोरोना महामारीले विश्वव्यापी रुपमा धेरैको रोजगारीलाई असर पारेको छ ।

विश्वव्यापी रुपमा करिब १४० मिलियन मान्छेहरुको रोजगार संकटमा परेको छ । यस्तो अवस्थामा लिङ्कडिनले प्रोफेसनलहरुलाई नयाँ क्यारियरको सुझाव र त्यसका लागी चाहिने सीपको पनि ज्ञान दिने गर्दछ ।

यो एपको माध्यमले कुन कुन क्षेत्रले अहिले कर्मचारी लिइरहेका छन भन्ने बारे थाहा हुन्छ् । यो नयाँ टूलले काम खोजिरहेको व्यक्तिहरुलाई रोजगारको अवसर उनीहरुकै फीडमा देखाउने गर्दछ ।

‘स्कील एसेसमेन्ट’ फिचरले पनि अहिले ट्रेन्डिङ् सीपहरु केके रहेका छन् भन्ने बारे जानकारी दिने गर्दछ । जसले गर्दा कर्मचारी वा अरुलाई काम खोज्न सजिलो हुनेछ ।