कीवर्डहरू -

कुमारी बैंकका ग्राहकले अब मोबाइलबाटै १ लाखरुपैयाँ सम्म कर्जा लिन सक्ने

कुमारी बैंकका ग्राहकले अब मोबाइलबाटै १ लाखरुपैयाँ सम्म कर्जा लिन सक्ने

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने छन् ।

कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन । ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने बैंकले जनाएको छ ।

बैंकले देशभर १८४ शाखा, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत सेवा दिइरहेको छ ।