कीवर्डहरू -

माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको बानी छुटाउँदैं, अब केही वेबसाइट एजमै खोल्नुपर्ने

माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको बानी छुटाउँदैं, अब केही वेबसाइट एजमै खोल्नुपर्ने

माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई इन्टरनेट एक्सपलोररको बानी छुट्याउने उपाय ल्याएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई केही वेबसाइटहरु एजमै खोल्नुपर्ने गरी नयाँ अपडेट ल्याउँदै छ ।

माइक्रोसफ्ट एज ब्राउजरको अर्को भर्जन आएपछि इन्टरनेट एक्सपलोरर प्रयोगकर्ताहरुले १ हजार १५६ चर्चित वेबसाइटहरुलाई पहुँच गर्न पाउँदैनन् । यसमा यूटयूब, ट्वीटर, इन्स्टाग्राम, ईएसपीएन जस्ता चर्चित वेबसाइटहरु पर्ने गर्दछन् ।

यसको सट्टा प्रयोगकर्ताहरुले एज प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । यो स्वतः एजमा रिडाईरेक्ट हुनेछ । माइक्रोसफ्टले इन्टरनेट एक्सपलोरर ८, ९, १० लाई चार वर्ष अघि नै सपोर्ट गर्न छाडिदिएको थियो ।

अहिले पनि केही प्रयोगकर्ताहरुले इन्टरनेट एक्सपलोरर नै प्रयोग गर्दै आएका छन् । एजेन्सीको सहयोगमा