कीवर्डहरू -

गेममा फोकस गरेर ग्यालेक्सी स्टोर रिडिजाइन गर्दैं सामसङ

गेममा फोकस गरेर ग्यालेक्सी स्टोर रिडिजाइन गर्दैं सामसङ

सामसङले गेममा फोकस गरेर ग्यालेक्सी स्टोरलाई रिडिजाइन गर्ने भएको छ । सामसङ मोबाइलमा गेम प्रयोगकर्ताहरुका लागी आफू नै पहिलो विकल्प बन्न चाहन्छ ।

यो नयाँ रिडिजाइन गरिएको ग्यालेक्सी स्टोरमा दुई ओटा नै होम स्क्रीन ट्याब छन् । जस मध्ये एउटा भने एपको हो र अर्को चाँही गेमका लागी । ग्यालेक्सी स्टोरबाट गेमहरु किन्यो भने रिवार्ड पोइन्ट पाउन सकिन्छ ।

अमेरिकामा सामसङको मोबाइल एप स्टोरबाट मात्रै फोर्टनाइट डाउनलोड गर्न सकिन्छ । सामसङको फोन र ट्याबलेटले पनि एक्सबक्स गेम पास अल्टीमेट र गूगल स्टाडिया मार्फत क्लाउड गेमिङ्लाई सपोर्ट गर्ने गर्दछ ।