कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो ‘स्मार्ट थिङस फाइण्ड’ एप,  हराएको स्मार्टफोन सजिलै खोज्न सकिने

सामसङले सार्वजनिक गर्‍यो ‘स्मार्ट थिङस फाइण्ड’ एप,  हराएको स्मार्टफोन सजिलै खोज्न सकिने

सामसङले आफ्नो ग्यालेक्सी ग्याजेटका प्रयोगकर्ताहरुलाई सजिलै गियर खोज्न मिल्ने ‘स्मार्ट थिङस फाइण्ड’ एप सार्वजनिक गरेको छ ।

यो सामसङको ‘फाइण्ड माई मोबाइल’ एपकै परिमार्जित फिचर हो । यो एपले पनि सामसङको स्मार्टफोन मात्रै नभएर ग्यालेक्सी ट्याबलेट, स्मार्टघडी र ईयरबडलाई पनि खोजिदिने गर्दछ ।

स्मार्ट थिङ्गस फाइण्ड फिचरलाई गत महिना अमेरिका, बेलायत र दक्षिण कोरियामा सार्वजनिक गरिएको थियो । तर अब भने सामसङ यो फिचरलाई विश्वव्यापी रुपमा सार्वजनिक गरेको छ ।

यो फिचरले ग्याजेटहरु भेटाउन ब्लुटूथ लो इनर्जी र अल्ट्रा वाइडब्याण्ड प्रविधिको प्रयोग गर्ने गर्दछ । यसको लागी रजिस्टर गरेपछि मोबाइल नेटवर्कसँग नजोडिकन पनि यो फिचर प्रयोग गर्न सकिन्छ ।

यसले प्रयोगकर्ताहरुलाई म्यापमा डिभाइस कहाँ छ भनेर देखाउने गर्दछ । यो फिचरको लागी भने डिभाइस एन्ड्रोइड ८ या त्यो भन्दा माथिको हुनुपर्दछ । त्यस्तै टिजेन ५.५ वा त्यसपछिका ग्यालेक्सी वाचमा समेत यो सुविधा प्रयोग गर्न सकिने छ ।

यो एपले प्रयोगकर्ताहरुलाई उनीहरुको डिभाइसको लोकेसन म्यापमा देखाउने छ । एकपटक प्रयोगकर्ता नजिक पुगेपछि डिभाइस लोकेट गर्न रिङ् बजाउन सक्छन ।