कीवर्डहरू -

माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।