कीवर्डहरू -

ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने

ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने

अब ईसेवा र खल्तीबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ । वैदेशिक रोजगार बोर्डले डिजिटल माध्यमबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

जस अनुसार स्वेदेश तथा विदेशमा जहाँ भएपनि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था ईसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिबाट सजिलै भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

साथै उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको समेत बोर्डले जनाएको छ ।