कीवर्डहरू -

अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने

अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने

गूगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने भएको छ । कस्टम ब्याकग्राउन्ड फिचर वेब भर्सनमा मात्रै उपलब्ध रहेको छ ।

गूगल क्रोमको प्रयोग गरी क्रोम ओएस, विन्डोज र म्याकमा पनि यो सुविधा प्रयोग गर्न सकिने छ । गूगल मिट एप प्रयोगकर्ताका लागि भने यो फिचर पाउन केही समय कुर्नु पर्नेछ ।

कस्टम ब्याकग्राउण्डका लागी गूगलको लाइब्ररीबाट फोटो छान्न तथा आफ्नै फोटो पनि प्रयोग गर्न सकिन्छ ।

गूगलको डिफल्ट फोटोमा अफिसको जस्तो ब्याकग्राउण्ड, दृश्यहरु र अरु थुप्रै ब्याकग्राउण्डहरु रहेका छन् । यो फिचर सबै प्रयोगकर्ताले पाउन भने केही दिन लाग्ने छ ।