कीवर्डहरू -

पाँचदिने भर्चुअल युवा उद्यमी कन्क्लेभ आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी 

पाँचदिने भर्चुअल युवा उद्यमी कन्क्लेभ आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी 

आगामी कार्तिक २० गतेदेखि २४ गतेसम्म युवा उद्यमी कन्क्लेभ आयोजना हुने भएको छ । भर्चुअल माध्यमबाट ५ दिने ‘योङ आन्ट्रप्रनेर्स कन्क्लेभ २०२०’ आयोजना हुने भएको हो ।

संवृद्धि स्कुल र विशाल फाउन्डेसनको सहकार्यमा अनलाइनबाटै युवा उद्यमी कन्क्लेभ आयोजना गरिएको हो । यस कन्क्लेभमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र पूर्व सचिव तथा अर्थमन्त्री शंकर प्रसाद कोइरालाको सहभागी रहने छ ।

त्यस्तै कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रवन्ध निर्देशक हेमराज ढकाल, अन्तराष्ट्रिय टेडएक्स स्पीकर तथा कर्पोरेट ट्रेनर मानसी अग्रवाल र कामना सेवा विकास बैंकका अध्यक्ष तथा डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यको सहभागी रहने छ ।

नबिल बैंकका डेपुटी जनरल म्यानेजर सीए मनोज ज्ञवाली, स्कील ल्याबका संस्थापक तथा निर्देशक नन्द किशोर मन्डल तथा दराज नेपालका पुर्व प्रवन्ध निर्देशक राजिव मेहताको पनि सहभागी रहने छ ।

५ दिन ५ फरक फरक थिममा उद्यमशीलता शिक्षा सम्बन्धि कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । भर्चुअल रुपमा कार्यक्रम सहभागी हुन् यहाँ क्लिक गरी फाराम भर्नुहोस् ।

कन्क्लेभको समय दिउँसो साढे १ बजेदेखि साढे ४ जबजेसम्म रहेको छ । कार्यक्रममा १ हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।