कीवर्डहरू -

नेपाल एयरलाइन्सले सञ्चालनमा ल्यायो नयाँ सफ्टवेयर 

नेपाल एयरलाइन्सले सञ्चालनमा ल्यायो नयाँ सफ्टवेयर 

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।

एयरलाइन्सले पहिले सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयरलाई प्रतिस्थापन गर्दै नयाँ अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) सञ्चालनमा ल्याएको हो ।

उक्त सफ्टवयर एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक सफ्टवेयर रहेको एयरलाइन्सले जानकारी दिएको छ ।

एनएफपी सिस्टममा मौसम पूर्वानुमान नोटिम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसन लगायतका बहुउपयोगी सुविधाहरु उपलब्ध रहेका छन् ।

उक्त सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउनेमा समेत एयरलाइन्सले विश्वास व्यक्त गरेको छ ।

प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न तथा व्यवसायिक सफलताका लागि पनि यस्तो प्रविधि भित्र्याउनु परेको एयरलाइन्सले बताएको छ ।