कीवर्डहरू -

अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ

अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचारसंहिता-२०७७ सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा आईजीपी थापाले आचारसंहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने बताए । प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा पनि उनले जोड दिए ।

अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।