कीवर्डहरू -

कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार

कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।

मंसिर ६ गतेसम्म जारी रहने उक्त योजनामा सहभागि हुन टिकटकमा रहेको एनसीएचएलको ‘ओरिजिनल साउण्ड ट्र्याक’ मा गएर भिडियो बनाउनु पर्ने हुन्छ ।

टिकटक भिडियो ह्यासट्याग #connectIPSsangaiDigitalFestival लेखेर रिलिज गर्नुपर्ने र एनसीएचएलको आधिकारिक टिकटक अकाउन्ट फ्लो गर्नुपर्ने छ । पुरस्कार एनसीएचएलको आधिकारीक पेजहरुबाट सार्वजनिक हुनेछ ।

एनसीएचएलले उत्कृष्ट टिकटकमध्ये एक जनाले पाउनेछ एलजीको ४३ इन्चको टीभी र अन्य १० जनाले एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराउने छ । मंसिर ३० गतेसम्म प्राप्त उपहार लिइसक्नुपर्नेछ ।