कीवर्डहरू -

ओप्पोद्वारा हाई प्रसीजन रियल टाईम किनेम्याटिक पोजिसनिङ अल्गोरिदमको घोषणा

ओप्पोद्वारा हाई प्रसीजन रियल टाईम किनेम्याटिक पोजिसनिङ अल्गोरिदमको घोषणा

ओप्पोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व विकसित उद्योगकै अग्रणी हाई प्रसीजन पोजिसनिङ अल्गोरिदम सार्वजनिक गरेको छ ।

कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा ईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ ।

बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओप्पोले आफ्नो हाई प्रसीजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ ओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो ।

आरटीके पोजिसनिङ प्रविधि वाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट) मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्छ ।

जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो ।

ओपोले एक्सेलेरोमिटर र गायरोस्कोप लगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो ।

यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेतमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाउछ ।

सन् २०२१ देखि ब्यवसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओप्पो यस प्रविधिलाई  परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ ।