कीवर्डहरू -

जेनस सोलुसनले अब श्रीलंकामा पनि जूम उपलब्ध गराउने 

जेनस सोलुसनले अब श्रीलंकामा पनि जूम उपलब्ध गराउने 

नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने भएको छ । श्रीलंकाका लागि जूमको आधिकारिक बिक्रेता भएसँगै जेनस सोलुसनले श्रीलंकामा पनि जूम उपलब्ध गराउने भएको हो ।

जेनस सोलुसन नेपाल तथा भुटानको लागि जूमको आधिकारिक बिक्रेता भएर काम गर्दैं आएको छ । जूमसँगको सहकार्यमा जेनसले जूमको सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ । अब यो सेवा श्रीलंकामा पनि उपलब्ध हुनेछ ।

यी बाहेक अन्य देशमा पनि जूम उपलब्ध गराउने प्रयास भइरहेको जेनसका ग्लोबल सिटीओ अञ्जनी फुयाँलले बताए । कोरोना महामारी सुरु भएसँगै भिडियो कन्फेरेन्सिङ, वेबिनार तथा मिटिङको लागि जूमको लोकप्रियता बढिरहेको छ ।