कीवर्डहरू -

प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप 

प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप 

कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा ल्याएका हुन् ।

‘हामीले प्लाज्मा दिन मिल्ने व्यक्ती र प्लाज्मा चाहने व्यक्तीहरुलाई सजिलो सँग जोडिएर यो महामारीको अवस्थामा राहत मिलोस भन्ने उद्देश्यका साथ प्लाज्मा एन्ड्रोइड मोबाइल एप ल्याएका छौ’ प्रदीप पौडेलले भने ।

यो एप अहिले प्रारम्भिक अवस्थामा रहेको र विस्तारै सुधार गर्दै लैजाले बताइएको छ । पौडेलका अनुसार प्लाज्मा चाहिएका व्यक्ति र कोभिड १९ लाई जितेका प्लाज्मा दिन मिल्ने व्यक्तिलाई जोड्ने छ ।

यसमा प्लाज्मा दिन चाहनेले पनि फर्म भर्नु पर्ने र लिन चाहने व्यक्तिले पनि फर्म भर्नुपर्ने छ । एपले प्लाज्मा लिने दिने बीच भेट गराइदिने काम गर्नेछ ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनदेखि ३ महिनासम्म प्लाज्मा दिन मिल्छ । शरीरमा एन्टीबडी विकसित भइसकेको व्यक्तिले प्लाज्मा दिँदा त्यसले अर्को गम्भीर संक्रमितलाई बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

पौडेलको समूहमा चार जना रहेका छन् । उनको नेतृत्वमा सशांक श्री न्यौपाने, मेली शाह र लभेश हमाल रहेका छन् । प्लाज्मा एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।