कीवर्डहरू -

ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल 

ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल 

चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ । कम्पनीको नयाँ फिचरले अब देखि धेरै ओटा मेसेज एकै चोटी डिलिट गर्न सकिन्छ ।

यो फिचरलाई प्राप्त गर्नका निम्ति प्रयोगकर्ताहरुले सेटिङ्गमा गएर स्टोरेज एण्ड डेटामा थिच्नुपर्छ र त्यसपछि म्यानेज स्टोरेजमा थिच्नुपर्छ ।

धेरै चोटी फरवार्ड गरिएको मेसेज र ५ एमबी भन्दा बढिको फाइलहरुलाई पनि एपले हाइलाइट गरिदिन्छ । कुन च्याटले कति स्पेस लिएको छ भनेर पनि हेर्न सकिन्छ ।

सेलेक्ट अल भन्ने अप्सन प्रयोग गरेर एकैचोटी धेरै मेसेज पनि डिलिट गर्न सकिन्छ । ह्वाट्सएपको नयाँ फिचर यसै साता विश्वभरी उपलब्ध हुने बताइएको छ ।