कीवर्डहरू -

पानडोरा बन्यो एप्पलको होमपोड मिनीमा काम गर्ने पहिलो थर्ड पार्टी म्युजिक एप 

पानडोरा बन्यो एप्पलको होमपोड मिनीमा काम गर्ने पहिलो थर्ड पार्टी म्युजिक एप 

एप्पलले गत महिना आफ्नो होमपोड मीनी सार्वजनिक गरेको थियो । कम्पनीले होमपोड मिनीमा थर्ड पार्टी म्यूजिक सेवा प्रयोग गर्न दिने भएको छ ।

पानडोरा म्युजिक एप एप्पलको होमपोड मिनीमा काम गर्ने फस्ट थर्ड पार्टी एप भएको छ । यसले होमपोड र केही दिनमा आउने होमपोड मिनीमा काम गर्नेछ ।

पानडोरा प्रयोगकर्ताले एप अपडेट गरेमा सेटिङग मेन्यूमा कनेक्ट वीथ होमपोड भन्ने विकल्प आएको छ । अब सीरीलाई भनेर पानडोराको गीत स्पीकरमा बजाउन सकिन्छ ।

आफ्नो आईफोनमा भएको गीत पनि होमपोडमा पठाउन सकिन्छ । एप्पल बाहेकको सुविधाले चल्ने यो पहिलो सुविधा हो । अमेजन म्यूजिक पनि पछि यस फिचरमा जोडिने अनुमान लगाइएको छ ।