कीवर्डहरू -

१०० मिलियन युनिट हुवावे मेट फोर्टी ११ सेकेण्डमै सोल्ड आउट

१०० मिलियन युनिट हुवावे मेट फोर्टी ११ सेकेण्डमै सोल्ड आउट

जेडी अनलाइन स्टोरमा १०० मिलियन युनिट हुवावे मेट फोर्टी सिरिज स्मार्टफोन ११ सेकेण्डमै सोल्ड आउट भएको छ । चिनिया स्मार्टफोन निर्माता कम्पनी हुवावेले हालै मेट फोर्टी सिरिज स्मार्टफोन सार्वजनिक गरेको थियो ।

चिनियाँ ईकमर्स कम्पनी जेडी डटकमका अनुसार हुवावे मेट फोर्टी सिरिज आफ्नो प्ल्याटफर्ममा मोस्ट पपुलर स्मार्टफोन हो । हुवावे मेट फोर्टी सिरिज सर्च गर्ने हुवावे मेट थर्टी भन्दा ६ सय प्रतिशत बढि रहेको जनाइएको छ ।

हुवावे मेट फोर्टी खरिदमा १ घण्टा डेलिभरी र १ वर्ष निशूल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिइएको थियो । हुवावे मेट फोर्टीमा फाइभजी सपोर्ट गर्ने किरिन ९००० चिपसेट प्रयोग गरिएको छ ।